हवाई दुर्घटनाबाट ज्यान गुमाउनेको सूचीमा नेपाल विश्वमै १२ औं नम्बरमा : शिशिर खनाल (भिडियो)

बिहीबार, साउन २४, २०८१

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले हवाई दुर्घटनाको फ्रिक्वेन्सी हेर्दा नेपाल चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवम पर्यटन समितिको बैठकमा बोल्दै उनले हवाई दुर्घटनाबाट ज्यान गुमाउनेको सूचीमा नेपाल विश्वमै १२ औं नम्बरमा रहेको तथ्यांक प्रस्तुत गरे । 'पछिल्लो साढे दुई वर्षमा नेपालमा जुन फ्रिक्वेन्सीमा दुर्घटना भयो संसारमा एकदमै कम रियर र अकरेन्स हो । त्यस्तो हुँदैन । हवाई यात्रा अत्यन्त सुरक्षित मानिन्छ, तर एउटा एउटा कालखण्ड एउटा छोटो समय अवधिभित्र हिजोकोसहित गरेर फेटल एक्सिडेन्ट आठौँ भयो  । १२३ को मृत्यु भएको छ' उनले भनेका छन् । संसदीय समिति बैठकमा बाेल्दै उनले अगाडि भनेका छन्, ' १९९० पछि नै हेर्यो भने पनि नेपालमा  झन्डै ७२२ जनाको मृत्यु भएको देखिन्छ । इन्डियाको जनसङ्ख्याको २-३ प्रतिशत हाराहारीमा नेपालको जनसङ्ख्या होला । नेपालमा १९९० पछि ७०० जना जतिको मृत्यु भएको थियो भने इन्डियामा जम्मा १००० जनाको मृत्यु भएको छ । भनेपछि त्यो स्केल नै कति गम्भीर छ भन्ने कुरा ।' छिमेकी इन्डिया  हेराैं  Western जस्तो सिस्टम बनिसकेको  देशपनि होइन, हामी र कति जटिल अवस्थामा छौँ भन्ने कुरा त्यहाँबाट पनि देख्न सकिन्छ । Globally पनि १९९० पछि को जम्मा दुर्घटनालाई हेर्यो भने नेपाल अहिले विश्वको १२ औँ धेरै ज्यान गुमाउने मुलुकहरू मध्ये एउटा हो । विश्वका २२० वटा मुलुकहरूमध्ये दुर्घटनामा ज्यान गुमाउने मुलुकमा नेपाल १२ औँ नम्बरमा पर्छ । Air Accident मा पछिल्लो समयको यो accident विश्वभरिमा हेर्‍यो भने हरेक चार पाँचवटा एक्सिडेन्ट पछाडि  नेपालमा एउटा एक्सिडेन्ट भएको देखिन्छ। सचिवज्यू र डिजी सरहरु भन्नुहुन्छ दुर्घटना हुन्छ छानबिन आयोग गठन गर्छौं   त्यसपछि सामान्यतया विभिन्न कारणले मानवीय त्रुटि त्रुटी हो पाइलटको गल्ती हो।हो। पाइलट इरर हो भनेर आउँछ त्यसैमा हामी सन्तुष्ट भएको जस्तो देखिन्छ तर त्यो मानवीय त्रुटिको contextual environment  के हो त भन्ने कुरामा फेरि अलिकति समग्रतामा गयो भने फेरि Regulatory system , culture practice अत्यन्त महत्वपूर्ण हुन्छ।

‘नेपाली आकाश असुरक्षित भयो जाँचबुझ आयोग गठन गरौं’
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले प्रतिवेदन बुझाउन ढिलो गर्ने,  बुझाएका प्रतिवेदन समेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताएका छन् । समितिको बैठकमा मन्त्री पाण्डेले बुधबार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे पनि जानकारी गराए ।  मन्त्री पाण्डेले दुर्घटना हुनेवित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्र्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने धारणा राखे ।  उनले भने, ‘अब हामीले सधैं छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ । एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ । सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो,’  उनले अगाडि भने,‘समग्र अध्ययनका लागि मन्त्रालयले प्रस्ताव गर्नुपर्छ, मन्त्रिपरिषद्को बैठकमा छलफल हुनुपर्छ ।’
नेपाली आकाश असरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नका लागि समेत प्रधानमन्त्रीज्यूले निर्देशन दिएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्ने उनले बताए ।  नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो । मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्री पाण्डेले आग्रह समेत गरे । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार