सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको प्रवक्ता गुरुङले बताए । यसअघि प्रचण्ड नेतृत्वकाे सरकारले मुख्यसचिवलाई राजीनामा गर्न लगाएर शंकरप्रसाद बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएकाे थियो । तर, केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि बैरागी राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिएसँगै यो पद आवश्यक नभएको भन्दै सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको हो ।