कैलालीका ९ स्थानीय तहले दिए सार्वजनिक बिदा

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।  आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार