कस्तो छ आजको मौसम पूर्वानुमान ?

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।  त्यस्तै आज राती देशभर  साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार