१७ महिना पछि छुटने भए आपका नेता मनिष सिसोदिया

शुक्रबार, साउन २५, २०८१
मयुर प्लाई
Global Ime Bank

नयाँदिल्ली, २५ साउन । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप( का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ।  गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो । फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजाय बिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिदैन । मनीषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए । त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उनले दुवै अदालतमा निवेदन दिएका थिए । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार