नागपञ्चमी : किन गर्ने नागको पूजा ?

शुक्रबार, साउन २५, २०८१
मयुर प्लाई
Global Ime Bank

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ । वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो । साउन महिना वैदिक सनातनहिन्दु धर्मावलम्बीहरुको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरु सकिन्छन् । हाम्रा जतिपनि चाडपर्वहरु छन् ति सबै किसान र कृषिसँग सम्बन्धित छन् । 
मुख्यगरी खेतीपातीको मौजारो गरिसकेपछि चाडपर्वलाई स्वागत गरिन्छ । मैजारो गरेर साउन १ गते  मिठा खानेकुरा बनाएर खाने, रमाइलो गर्ने चलन छ । साउन १५ गते  खीर खाने प्रचलन छ ।  खीरमा बढिजस्तो  पोष्टिक तत्व  रहेको  हुनाले थाकेको  शरीरले  भोलिको  दिनमाकाम गर्न  सकियोस्  भनेर  खीर  खाने  चलनचलेको  हो । तर  यो  चलन सहरमा बसेकाहरुकालागिबनाइएको होइन ।  सहरमा बसेका मान्छेहरु सधैं खाइ नै रहेका हुन्छन् । विशेषगरी ग्रामीण इलाकामा बस्नेहरुलाई खीरको अलग्गै महत्व छ । साउनमहिना हरियो चुरा लगाउनचलन छ । किनभने साउनभर पूरै पृथ्वी हरियो हुने र शीवजी खुशी हुने विश्वास छ । साउनको महिना शिवजीलाई बेलको पात नै चढाउने चलन छ । 
बेलको  पातको  महत्व  धेरै  नै  छ । तर कसैले जानेर चढाउने  गर्छन् भने  कसैले  नजानेर चढाउने गर्छन । बेलको पत्र हरियो छ, यसमा जहिले पनि तीनवटा पत्ता हुन्छन् । तर कसैमा दुईवटा पत्रनी हुन्छन् । खासगरी भगवान शिवलाई  चढाउँदा तीनवटा पत्रभएको चढाउनु पर्छ ।  तीनवटा पत्रको  भिन्नभिन्नै महत्व  छ ।  जस्तै ः ठुलो एउटा पात हुन्छ र अरु बिचमा दुईवटा पात छन् । त्यो मध्ये पनि एउटा ठुलो अनि एउटा सानो हुन्छ । तर यसमापनि डाँठ नभएको चढाउनु हुँदैन । एउटा ब्रम्हा, एउटा पात बिष्णु र अर्कोपात महेश्वर हुन् । 
शिवजीको परिवारमा चार जनाको परिकल्पना गरिएको छ । बाबु शिव, आमापार्वती, छोरा कार्तिक र कान्छाको नाम गणेश हो । शिवको महत्व सबैभन्दा ठुलो छ । सबैको एउटा एउटा बाहन छन् । शिवको बाहन–साँडे गोरु जो विस्तारै हिंड्छ । पार्वतीको बाहन, बाघ जो छिटो दौडिन्छ । जेठो छोरा कार्तिकको बाहन मजुुर जो छिटो उड्ने गर्छ ।साथै कान्छो छोरा गणेशको बाहनमुसा जो विस्तारै हिंड्ने गर्छ । तर शिवजीले सबैलाई मिलाएर राखेका छन् त्यसैले उनीबाट हामीलाई धेरै कुरा सिक्न भनिएको हो ।  
अब नाग पंचमीको महत्व पनि शिवजीसँग जोडिन्छ । शिवजीले आफ्नो गणनाका रुपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनि शिवजी शान्त छन् । यसको  अर्थ  केहो भने, हाम्रो  जुन वायूमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकीरण आउँछ । विभिन्न धुँवा धुलो र  समस्याले गर्दा गर्दा खेरी ओजन तहविस्तारै विस्तारै घटिरहेको हुन्छ ।  त्यहीँ ओजन तहलाई सर्पले सूर्यबाट आएको  विकीरणलाई  सर्पले  सोसेर  विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरुले मरेको मान्छे जलाउने गर्छन । जलाउँदाको धुँवाले चाहीँ ओजन तहलाई टाल्ने काम गर्दछ । जलाउँदा पनि प्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकीरणलाई नागले सोसेर लिन्छ । मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकीरण नै विकीरण र ब्याक्टेरियाहरु धेरै छन् । राम्रा ब्याक्टेरियाहरु पनि छन् जसले हामीलाई बचाएर राखेकापनि छन् । नराम्रा ब्याक्टेरियाहरु पनि छन् जसले शरीरलाई मार्न पनि खोजिरहेका छन् । शरीरमा भएका विकीरणहरुलाई  सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ ।  जस करण पनि सर्पलाई बचाइ राख्नुृपर्छ ।  
विच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिंड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनि मार्दैन् । सबै सर्पहरु विषालु नै हुन्छन् भन्ने पनि छैन् । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरुलाई नाग भन्ने चलन छ ।
हिन्दु धर्ममा आठवटा नागको चाँही बढि महत्व दिइएको छ । विष्णु भगवानसँग शेषनाग मानिए जस्तै सबैको आफ्नो आफ्नो ब्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनका लागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामी कागजमा नागको तस्वीर बनाएर टाँस्ने गर्छौं तर धातुको नाग बनाएर राखन सके राम्रो हुन्छ ।
नागको आकार र स्वरुप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशाा हुन्छन् । प्रत्येक तीन महिनामा नागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नाग फर्काउनु पर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन् । धातुको नाग बनाएर राख्यौं भने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजागर्दा धुप बाल्नहुँदैन् । किनकी धुपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ ।सर्पका लागि मह विषहो दुध चढाउने चलन छ । खैनी पनि त्यत्तिकै विषहो । मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ । 
। शरीरमा सर्पको भूमिका बढि भएको मानिसहरुलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खाली भयो भने कालसर्प देखिने र मानिसलाई प्यारालाइसेस भएको मानिन्छ । इको सिस्टमका कारण पनि नागको महत्व भएको हो । साउन महिनाभरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कंक्रिट भवनहरु बनाएर मात्र प्रकृतिको पूजा हुँदैन् । मान्छे मासिए पछि कतिवर्षपछि बल्ल घर ढल्छन् अनिविध्वंस हुन्छ । अनिमात्र प्रकृति आफ्नो ठाउँमा आउँछ ।  
पातलमा नागहरु धेरै बस्छन भनिन्छ । किनकी पातलमा वा जहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविकवा साँच्चिकै नाग नेपालमा पाइँदैन भनिन्छ । नागको पूजा गर्दा विषेश गरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दुध चडाउँछौं । धान भुटेर लाभा चढाइन्छ । सेतो फूल नागलाई बढी मन पराउँछ । कालो सर्पको पूजागर्दा नौं वटा नागहरु बनाएर बीचमातामा, सुनको जे भएपनिकालीनागबनाएर राखिन्छ । खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनिचलन छ । प्राय जेष्ठको महिनमा आँदी आउँछ । तेस्रो खालको विजुजी चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतिको विशेष महत्व छ । पानी र हावाले पनौतिलाई असर गर्दैन भनिन्छ । त्यहाँ कुनै नाग थियो । कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाँही नाग त्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतिमा भुँईचालो आए पनि घर भत्किदैन । नागले रक्षा गरेको छ भन्छन् । 
नागपूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।–नेपालन्यूज बैंकसँगको कुराकानीमाआधारित)
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार