सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको र भोलिबाट एजेण्डामा छलफल सुरु हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको पनि जानकारी दिए । उनले भने, ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो । एजेण्डाहरूमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विविध थियो । आज ती एजेण्डाहरु मध्ये अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो ।’