सहकारी छानबिन समितिद्धारा गोरखा सहकारीका पदाधिकारीसँग सोधपुछ

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको बताएका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात उनले गोरखा बचत तथाऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथाक्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन् ।  उनले भने, ‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुईजना व्यक्तिसँग सोधपुछ गरियो । त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङसँग सोधपुछ गरेका छौ । दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौ ।’ ऋणिहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिने दुवैको धारणा रहेको पनि उनले जानकारी दिएका छन् ।  यसको साथै, लालीगुराँस र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरूसँग सोधपुछ गर्नेक्रम जारी रहेको पनि उनको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार