संविधान संशोधनमार्फत अधिकारका विषय सम्बोधन हुनेछ : मन्त्री सिंह

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा सबैको लागि सहज वातावरण निर्माण गर्ने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरुलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि अघि बढेको बताएका हुन् । उनले भने, ‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागिसंविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागियो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु ।’ उनले संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरुलाई पूरा गर्न र निश्चितविधि र प्रक्रियाबाट संविधान संशोधन गर्नको लागि वर्तमान सरकार बनेको पनि बताए । यसको साथै, उनले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने पनि बताए । उनले भने, ‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ । अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुदैँन् । नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरुपशासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुनकुन तहलाई दिने हो त्यो अनुसारको कानून बनाएर अधिकारहरु दिनुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार