भारतीय विदेश सचिव आइतबार नेपाल आउने

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार