चांगाथलीका २० वर्षे हिमाञ्चलराज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल

आइतबार, साउन २७, २०८१

काठमाडौं । ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चलराज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् । ‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसँगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली  मुलुकका मोडेलहरूबीच प्रतिष्पर्धा हुने फेस अफ एशिया अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् ।  राजधानीको दरवारमार्गस्थित होटेल याक एण्ड यतीमा गत बिहीबार साँझ आयोजित फाइनल प्रतियोगितामा सहभागी अन्य ९ जना प्रतिष्पर्धिलाई पाखा लगाएर हिमाञ्चलले सो उपाधि जितेका हुन् । यसअघि उनी उत्कृष्ट १० मा छनौट भएका थिए । प्रतियोगितामा आर्यन सोनी चौधरीले जज च्वाइस जितेका छन् भने फेस अफ नेपालको महिलातर्फको टाइटल सिम्रन चन्द ठकुरी र टिना परियारले जितिन् ।   ‘फेस अफ नेपाल २०२४’ मुख्य उपाधिको साथै हिमाञ्चलले देश विदेशबाट सर्वाधिक मतको उपाधि र उत्कृष्ट शारिरीक सुगठन गरी तीनवटा उपाधि जितेका छन् ।  महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीका व्यवसायी एवम् समाजसेवी राजकुमार र गृहणिी सविता केसीका छोरा हिमाञ्चलराज राजधानीको कमलपोखरीस्थित इस्लिङ्गटन कलेजमा बिबिए चौथो सेमेष्टरमा अध्ययन गर्दैछन् ।  ६ फिट १ इन्च अग्ला हिमाञ्चलले बर्जर पेण्टस्लगायत विभिन्न व्यवसायिक विज्ञापनहरूमा मोडेलको रुपमा खेलिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार