ढाकाको प्रधानन्यायधिसमा रेफात अहमद नियुक्त हुदैँ, थप ५ जना न्यायधिसले राजिनामा दिनुपर्ने बिधार्थीको अडान

आइतबार, साउन २७, २०८१

ढाका । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन् ।  शनिबार, अगस्त १० को राती ९ बजे ढिलो उनको नियुक्ती हुने घोषणा गरिएको थियो ।  यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायधिस हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान देखी सर्वोच्च अदालत घेराउ गरेका थिए । त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीले भने,  ‘प्रधानन्यायाधीश लगायत अन्य न्यायधिसले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन् । यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिबार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार