गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन

आइतबार, साउन २७, २०८१

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका 'प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ', 'नमान लाज यसरी', 'हेर दिन सधै एकनास हुँदैन' जस्ता गीत चर्चित छन् । गायक तिमिल्सिनाको पार्थिव शरीरलाई बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएकाे संगीतकार चेतन सापकोटाले बताए । उनको आजै अन्त्येष्टी गरिने छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार