प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

आइतबार, साउन २७, २०८१

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले यसअघि शीतलनिवासमा भेटवार्ता गरिसकेका छन्। मिस्रीले अर्थ, सहरी विकास र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्ने तालिका रहेको छ  । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार