सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सूचना तथा सञ्चार, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि विभिन्न षड्यन्त्र गरिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघको रजत समारोहमा बोल्दै उनले जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा अलग गराइएको र आन्दोलनलाई टुक्रा टुक्रा गर्न आदिवासीहरुलाई भ्रममा पार्ने खेल भएको बताए । उनले भने,‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा थारु आयोग बनाइयो । त्यतिमात्र होइन आदिवासी जनजातिका नेताहरुलाई छिन्नभिन्न बनाइयो । सशक्त आदिवासी आन्दोलनलाई टुक्राटुक्रा गर्ने काममा सुनलाई पित्तल भनिदियो भ्रममा परे आदिवासीहरु । जसले आन्दोलनलाई सशक्त पा¥यो त्यसलाई गद्दार भनेर घोषित गर्ने काम भयो ।’ उनले आदिवासी जनजातिहरु पहिले देखिनै बहिस्कारमा र भेद्भावमा परेको समुदाय भएकाले उनीहरुले सत्ता र राजनीति नबुझ्ने बताए । उनले आन्दोलनमा हुनेहरुभित्र संकिर्णता र सरकारमा हुनेहरुभित्र अहंकार रहेको भन्दै शोसन, दमन र उत्पीडनबाट मुक्ति हुने पहिचानको आन्दोलन धेरै कठिनपूर्ण रहेको बताए । उनले भने,‘आदिवासी जनजातिहरु भनेको मूलधारबाट अलगअलग भएका समुदायहरु हुन् । पहिलेदेखि नै बहिस्कारमा, भेद्भावमा परेको समुदाय हो । त्यो त्यसैले सत्ता राजनीति धेरै बुझ्दैन । उनीहरुभित्र धेरै ठूलो संकिर्णता छ । जो यस्तो खालको आन्दोलनमा हुन्छ उनीहरुभित्र संकिर्णता हुन्छ र जो सरकारमा हुन्छ उनीहरमा अहंकार हुन्छ । त्यसैले हाम्रो राजनीति यो अहंकारको विरुद्धमा र अहंकारको अन्त्यको लागि र मुत्ति प्राप्तिका लागि हाम्रो पहिचानको मुद्दा मुक्ति प्राप्तीको लागि हो । शोसन दमन उत्पीडनबाट कसरी मुक्ति हुने भन्ने हाम्रो पहिचानको हो त्यसैले धेरै कठिन छ यो । ’