सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २८ साउन। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए । सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखे पछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।