नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने अवस्था बनेन : पहारी

सोमबार, साउन २८, २०८१

काठमाडौं । एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय इन्चार्ज राजिव पहारीले राज्यले नीतिगत तहमा सहजीकरण गरेर युवालाई स्वदेशमै राख्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा उनले पुरानो नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने वातावरण नभएको भन्दै यसलाई सहजीकरण गर्नुपर्ने बताए । उनले भने, ‘नीतिमा कतिपय कुराहरु परिवर्तन गर्नुपर्ने छ । पूरानो खालको नीति योजनाहरुको कारणले गर्दा देशमै बसेर काम गरौं भन्ने खालको अवस्था छैन् । यसकारण राज्यले नीतिगत तहमा पनि यसलाई सहजीकरण गर्नुपर्छ । युवालाई स्वदेशमै राख्ने खालको अवस्था पनि सिर्जना गर्नुपर्छ ।’ यसका साथै उनले मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार र बेरोजगारी भएको भन्दै यसको अन्त्य तर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार, बेरोजगारी हो । त्यसलाई अन्त्य गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने मुख्य उद्देश्य हो ।’

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार