प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

मंगलबार, साउन २९, २०८१

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार