शहरलाई उछिन्दै गाउँका स्कूल: गुल्मीको जनसहयोगमा १२ कक्षामा करिब शत प्रतिशत नतिजा

मंगलबार, साउन २९, २०८१

२०७९ सालमा नगर शिक्षाबाट अनुमती मागि प्लस टु संचालन गरेको जनसहयोग माध्यमिक विद्यालायले १ वर्षमै करिब शत प्रतिशत नतिजा प्राप्त गरेको छ । गाउँमा संचालित यस जनसहयोग माविमा हालसालै ११ र १२ मा व्यवस्थापन र शिक्षा संकायका कक्षाहरू सञ्चालन भैरहेका छन् । २०२९ फागुन १ मा स्थापना भएको जनसहयोग माध्यमिक विद्यालयले प्लस टु संचलान गरेको १ वर्षमै शिक्षा संकायमा करिब शत प्रतिशत र व्यवस्थापन संकायमा ८१ प्रतिशत नतिजा निकाल्न सफल भएको हो । कुनैबेला माध्यमिक तहसम्म पनि चल्न सक्दैन भन्ने भाष्यलाई चिर्दै स्थापनाकालको ५० औं बसन्त पार गरि हाल गरिब, निम्न आय भएका विद्यार्थीहरुलाई गाउँमै भरपर्दौ सहुलियतमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बलियो उदाहरण जनसहयोग बनेको छ ।  शिक्षा संकायमा ९ जना विद्यार्थीहरूले ३.२ भन्दा बढी जीपीए ल्याई उत्तीर्ण हुँदा कूलमा २९ जना विद्यार्थी उतिर्ण गराई ९२ प्रतिशत विद्यार्थी उतिर्ण गराएको छ । व्यवस्थापनमा २२ जनामध्ये १८ जना उत्तीर्ण गराई ८१ प्रतिशत नतिजा हासिल गर्दा समग्रमा ८५ प्रतिशत नतिजा स्थानिय स्तरमा संचालित जनसहयोगले प्राप्त गरेको छ । कक्षा ८ सम्म अंग्रेजी माध्यम, ९ देखि १२ सम्म अंग्रेजी/नेपाली दुवै माध्यममा कक्षाहरू सञ्चालन गर्दै आईरहेको जनसहयोगमा हाल सुविधासम्पन्न भौतिक संरचना, पढाइमा आइसिटीको प्रयोग, बालमैत्री वातावरण, विद्यार्थी र शिक्षक बीचको आत्मीय सम्बन्ध यहाँका मुख्य विशेषताहरू हुन् ।  स्थानीय जनताको राम्रो साथ र सहयोग, पूर्व विद्यार्थीहरूको सांगठनिक सहयोग, विभिन्न राजनीतिक दलहरू समाजसेवी बुद्धिजीवीहरूले आर्थिक सहयोग संकलन गरी भर्खरै २०७९ सालमा नगर शिक्षाबाट अनुमति मागेर ११/१२ का कक्षाहरू पूर्ण सरकारी र पूर्ण सहुलिसयतमा सञ्चालन भइरहेका छन् । 

student-janasahayog-1723527759.jpeg
पहिलो ब्याजको रुपमा अहिले कक्षा १२ का विद्यार्थीहरूले यस विद्यालयबाट कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३४ जना विद्यार्थीहरु सहभागी हुनुभएको थियो । यसैगरी गत एसइइको रिजल्टलाई हेर्दा पनि ३३ जना सहभागीमध्ये १९ जना विद्यार्थी ५७.५७% उत्तीर्ण गराउन सफल भएको देखिन्छ। जसमा 3.6 भन्दामाथि एकजना र 3.2 देखि 3.6 सम्म तीनजना विद्यार्थी उत्तीर्ण भएको देखिन्छ भने अन्य विद्यार्थीहरू पनि उत्कृष्ट जिपिएका साथ उत्तीर्ण भएको देखिन्छ । त्यसैगरी कक्षा आठको नगरस्तरीय परीक्षामा यसै वर्ष तीनजना विद्यार्थीहरू ले ३.६ जिपिभन्दा माथि ल्याएको देखिन्छ यसरी हेर्दा यस विद्यालयको गुणस्तर सुध्रिदै गएको देखिन्छ । अङ्ग्रेजी माध्यममा पढाउन चाहनुहुने अभिभावकहरूलाई पनि बोर्डिङ धाइरहनुपर्ने अथवा राम्रो गुणस्तरीय शिक्षाको लागि बजारै जानुपर्छ भन्ने गाउँ छोडेर सदरमुकाम र शहरतिर विद्यार्थीको पलायनलाई रोक्न जनसहयोग बलियो उदाहरण बनेको छ । गुणस्तरिय र उच्च शिक्षाका लागि आफ्ना छोराछोरीलाई शहरतिर पठाउन विवश बाबुआमा हाल आफ्नै गाउँमा भव्य भौतिक संरचनामा सुविधासम्पन्न स्थानीय विद्यालयमा पठनपाठन गराउन पाउँदा खुसि भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम हुने सामाजिक सद्भाव र गाउँमा गुणस्तिरय र माटो सुहाँउदो पठन संस्कृतिको विकाश हुन सहज तुल्याएको छ । स्थानिय सरकारको पूर्ण समर्थनमा गाउँका सरकारी विद्यालयले मुहार फेर्न थालेका छन् । तर शिक्षकहरुको दरबन्दी र गुणस्तरियतामा केन्द्र र प्रदेश सरकारले खासै चासो नदिंदा विद्यार्थी र अभिभावकको विश्वसनियतामा भने कमी भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार