सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका राजेन्द्र लिङदेनले समर्थन जनाएका छन् । रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् । ‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैन,’ लिङदेनले भने । सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरु अहिलेसम्म सोही मागमा अडिग रहदैँ उभिएर बिरोध गरिरहेका छन् ।