व्यवस्था खराब होइन, संचालकको कार्यशैली ठिक भएन : झाँक्री

मंगलबार, साउन २९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले व्यवस्था आफैंमा खराब र असल भन्ने होइन् त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘व्यवस्था आफैंमा खराब र असल भन्ने कुरा हुदैँन् । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौ ।’ यसको साथै उनले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् । उनले भनिन्, ‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौं । व्यवसायिक कृषिमा जान सकेका छैनौ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौ ।’ 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार