कस्तो छ आजको मौसम पूर्वानुमान ?

बुधबार, साउन ३०, २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।  त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार