संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

बुधबार, साउन ३०, २०८१

काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न  गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ ।  कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ ।  समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ ।  समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।  सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार