विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

बुधबार, साउन ३०, २०८१

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ । बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।  बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार