'माओवादी जनयुद्ध' भन्नु परयो भने जातै जाला जस्तो गर्छन : प्रचण्ड

बुधबार, साउन ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ । ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’ उनका अनुसार पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उनले स्मरण गराएका छन् । 

‘नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ’
माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रिया भएको बताएका हुन् ।
उनले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिका मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो, संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’
साथै, उनले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन गरेका कारण पार्टी विभाजन भएको बताए । उनले पार्टी विभाजन भए पनि देश बचेको जिकिर गरे ।
उनले भने, ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन् । माओवादी जनयुद्धले गर्दा नै यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार