अमेरिकाले फेरी भन्यो, ‘बंगलादेशको सत्तापलटमा हाम्रो हात छैन’ 

बुधबार, साउन ३०, २०८१
मयुर प्लाई
Global Ime Bank

ढाका । अमेरिकाले बंगलादेशको तख्तापलटमा आफनो कुनै हात नरहेको पुनः प्रस्टीकरण दिएको छ ।  ह्वाइट हाउसपछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको दाबी गरेको हो । ‘यो हास्यास्पद छ,’ प्रमुख उप प्रवक्ता वेदान्त पटेलले मंगलबार वाशिंगटनमा नियमित ब्रीफिंगमा पत्रकारहरूलाई भने। उनले शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको भन्ने कुनै पनि निहितार्थ बिल्कुलै गलत भएको बताए । ‘हामीले भर्खरका हप्ताहरूमा धेरै गलत जानकारी देख्यौं,’ पटेलले भने। उनले डिजिटल इकोसिस्टममा विशेष गरी दक्षिण एसियाका आफ्ना साझेदारहरूसँग सूचनाको अखण्डतालाई सुदृढ गर्न अविश्वसनीय रूपमा प्रतिबद्ध रहेको बताए । यसअघि ह्वाइट हाउसले शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पतनमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै यो गलत हो भनी जोड दिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार