प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे

बिहीबार, साउन ३१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् । अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउन का लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच दिनसम्म रहने पनि जानकारी दिए । उनले भने,‘मलाई यहाँ आउँदा एकदमै खुःसी लागेको छ । म यहाँ ४–५ दिन रहने छु ।’उनलाई सञ्चारकर्मीहरुले हिन्दीमा नै प्रश्न गरेका थिए, तर उनले जवाफ दिँदै भने,‘म नेपाली हुँ । म नेपालीमा नै बोल्छु ।’ उनलाई श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज धार्मिक नामले बोलाउने गरिन्छ । उनी नेपाली मुलका भारतीय हिन्दु धर्मगुरु हुन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार