निगमले घटायो इन्धनको मूल्य

पेट्रोल प्रति लिटर १६५ र डिजल–मट्टीतेल प्रति लिटर १५५ रुपैयाँ
शुक्रबार, साउन ३२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य विहिबार राति १२ बजेदेखि लागि भएकाे छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार