उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो : जनार्दन शर्मा

आइतबार, भदौ २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् । शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडी आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हु्न् । उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए । उनले भने- 'आज म बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।' शर्माले अहिले पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए । शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफु र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउदै यो पार्टीको राम्रोको लागि भएको ब्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार