एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन

आइतबार, भदौ २, २०८१

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए ।  शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए । पार्टी महासचिव शंकर पोखरेलनिकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । गिरी आजको बैठकमा सहभागी नभएको बताइएको छ । आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार