एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय

आइतबार, भदौ २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरि आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ । ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ । ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त अगाडी सारिएको छ । ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार