सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । राणाले सोमबार साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेकी हुन् ।