परराष्ट्रमन्त्री डा.राणाले भेटिन भारतीय विदेशमन्त्री एस जयशङ्करलाई 

सोमबार, भदौ ३, २०८१

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन् ।  सोमबार दिउँसो भेटका लागि आएकी राणालाई भारतीय विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए । भेटका क्रममा उनीहरूबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन् । राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार