राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन

सोमबार, भदौ ३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन् । उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन् । राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै बाँधेका हुन् । ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा सोमबार दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार