ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’ विशेष फोटो प्रदर्शनी 

सोमबार, भदौ ३, २०८१

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपाल ले ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको छ । सोमबार विश्व फोटोग्राफी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको हो ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उदघाटन गरेका थिए ।  प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

Photo-exibution-1724066259.jpg
एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ । अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो ।  पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार