साफ यू-२० च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

मंगलबार, भदौ ४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समुह बी अन्तर्गतको खेलमा भारतले भुटानलाई १-० गोल अन्तरको जित हासिल गर्दै विजयी शुरुवात गरेको हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको भारतको जितमा खेलको ३७औं मिनेटमा मोनिरुल मोल्लाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब प्रतियोगितामा अर्को खेल मंगलबार समुह बी अन्तर्गत बंगलादेश र श्रीलंकाबीच हुदै छ ।  नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।  त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार