ललितपुरको आगलागी डेढ घन्टापछि नियन्त्रणमा

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो। आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार