देशभर चार हजार ९७ डेंगु सङ्क्रमित 

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ । देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार