सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यही भदौ ३ गते जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा बर्षेनी लाग्ने मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजा आरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । हिमाली जिल्लाका साथै पश्चिम कैलालीदेखि नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर , काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घाखाँची, कास्की, चितवन, महोत्तरीलगायत देशभरका भक्तजनहरू त्यहाँ पुगेका थिए । पूर्णिमाका दिन हिन्दूका साथै बुद्वमार्गीले पनि गोसाइँ कुण्डमा स्नान र पूजा आरधना गर्ने गर्दछन् । जनैपूर्णिमाका अवसरमा गतवर्ष १६ हजार भक्तजन पुगे पनि यो वर्षभने आठ हजार मात्र तीर्थयात्री पुगेको अनुमान गरिएको छ । यद्यपी, गतवर्षदेखि यसको तथ्यांक नेपाली सेनाले संकलन गर्दै आएको छ ।
कोरोना भाइरस संक्रमण फैलिनुभन्दापहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरूले यो वर्ष भने हम्मे हम्मे परेको थियो । यात्रुको चाप बढेसँगै थोरै मात्र खोलिएकालजले थेग्न नसक्ने तथा बढी मूल्यलिएर खानादिने गरेको तीर्थयात्री डिल्लीराम आचार्यले बताए । सुत्न र खानाकै समस्याका कारण वर्षेनी गोसाईकुण्ड दर्शन गर्ने यात्रीको संख्या घट्दै गइरहेको अर्का तीर्थयात्रीक्षितिज मैनालीले बताए । उनले भने, ‘पर्वको अवसरमा घुम्ने र गोसाई कुण्डको दर्शन गर्ने भन्ने थियो । तर यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठेरो भयो । यो बेलामा घुम्न आउनु भनेर अरुलाई सुझाबदिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरुको समेत व्यवस्था छैन ।’ गोसाइकुण्ड मेला व्यवस्थापन समिति भन्दा व्यवसायीहरुले बढी पैसा लिने गरेका कारण समेत यो समयमा तिर्थयात्रीहरुले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो ।