एक घर एक धारा पुर्‍याउने लक्ष्य : सनत कार्की, वडा सदस्य, १४ नंं.वडा (भिडियो)

मंगलबार, भदौ ४, २०८१

शब्दपाटी डिजिटल मिडियाले स्थानीय सरकारलाई बलियो बनाउन स्थानीय तहमा भएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । यसका लागि हामीले नगरपालिका–गाउँपालिकाका प्रमुख–उप्रमुख÷अध्यक्ष–उपाध्यक्षसहित वडा अध्यक्ष तथा वडा सदस्यहरूसँगको कुराकानी निरन्तर प्रस्तुत गरिरहेका छौँ । जनप्रतिनिधिसँग शब्दपाटीको यो श्रृँङ्खलामा यस पटक हामीले ललितपुर महानगरपालिका वडा नंं. १४ का वडासदस्य सनत कार्र्कीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ वडासदस्य कार्कीसँगको कुराकानी ।  

जनप्रतिनिधि हुनुभएको दुई वर्ष पुरा भयो, यो दुई वर्षलाई कसरी मूल्याङकन गर्नुहुन्छ ?
वडामा कामको विभाजन गर्दा मलाई खानेपानी व्यवस्थापनको संयोजकको जिम्मेवारी तोकिएको छ । वडा स्तरीय बजेटबाट खानेपानी व्यवस्थापनका लागि काम गर्दा विभिन्न खाले बाधा अवरोध र अड्चन त आइ नै रह्यो । चुनौतीसँग सामना गरेर अघि बढ्नुप¥यो । चुनौतीले अवसर पनि प्रदान गर्दाेरहेछ । धेरै खालको सिकाई हुँदो रहेछ । मैल यो दुई वर्ष चुनौती, अवसर र सिकाईको वर्षको रुपमा लिएको छु । आँट र हिम्मत प्रदान गरेको वर्षको रुपमा लिएको छु, यी दुई वर्षलाई । वडाभित्र धेरै ठाउँमा खानेपानी व्यवस्थापनका लागि सक्रियताका साथ लागि परेका छौँ । 

खानेपानी व्यवस्थापनमा के के काम भए बुँदागत रूपमा व्याख्या  गरिदिनुस् न ?
ललितपुर महानगरपालिकाको वडा नं.१४ को झुलपाँखा जस्तो टोललाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यो टोल अन्य टोलको तुलनामा धेरै क्षेत्रपछि परेको छ । यो टोलमा खानेपानी व्यवस्थापन गर्न सफल भयौँ । यसैगरी,धेरैवटा टोलमा हामीले खानेपानी पाइपलाइन विस्तार गरेका छौँ । पानी नआएको घरमा प्राविधिकलाई लगेर निरीक्षण र परीक्षण गर्न लगाएका छौँ । आफूलाई धेरै काम गरे जस्तो लागेपनि झट्ट परिणाम देखिन सक्दैन । त्यसैले काम नगरेको जस्तो भान हुन्छ । खानेपानीको व्यवस्थापन गाह्रो र समय लाग्ने काम हो । त्यसैले त्यस्तो भएको हो । 

के भयो भने, वडा नं.१४ को सबै ठाउँमा खानेपानीको व्यवस्था गर्न सकिन्छ ?
ललितपुर महानगरपालिकाको वडा नं.१४मा जहाँ जहाँबाट पानी वितरण भइरहेको छ ,ती निकायबीच समन्वय हुनु जरुरी छ । पानी वितरणमा समस्या छ । पाइप पुरानो भएकाले चुवाहटको समस्या छ । वितरण र चुवाहटमा केन्द्रित हुनसक्दा पनि धेरै समस्या हल हुन्छ । अर्को कुरा, शहरीकरणका कारण जनघनत्व बढ्दैछ । यो कुरामा कसैको दुईमत छैन । पानीको स्रोत खोज्न जरुरी छ । स्रोत संरक्षण आवश्यक छ । मेलम्चीमा मात्रै भर पर्नु हुँदैन भन्ने लाग्छ । ललितपुर ललितपुरभित्र मेलम्ची जस्तै परियोजनाको खोजी गर्नुपर्छ । त्यसो त ललितपुर महानगरपालिकाले अन्तरपालिकाबीच सहकार्य गरेर पानीको स्रोत खोज्ने काम त गरिरहेको छ । तर, मैले माथि भने झैं, खानेपानीको व्यवस्थापनको सन्दर्भमा छिटो परिणाम देखिदैंन । धैर्य आवश्यक छ । दिगो समाधान नभएसम्म तत्कालका लागि के गर्ने त्यो विषयमा पनि सोच्नु पर्छ । 

अबको तीन वर्षमा खानेपानीको क्षेत्रमा के कस्तो प्रगति होला ?
खानेपानीको समस्या हाम्रो वडाको मात्रै समस्या होइन । खानेपानीको समस्या समाधान गर्न, समस्याबारे अवगत गराउन हामीले अहोरात्र काम गरिरहेका छौँ । हामीभन्दा माथिको सरोकारवाला निकायलाई समस्याबारे अवगत गराइरहेका छौँ । हाम्रो वडा अध्यक्षज्यूले पनि साथ दिनुभएको छ । उहाँले पनि समन्वय र सहकार्यका लागि पहल गरिरहनु भएको छ । हामीले पनि दौडधुपगरिराखेका छौँ  । एक घर एक शुद्ध खानेपानीको धाराको लक्ष्यसहित हामी अघि बढेका छौँ । सरोकारवाला निकायबीच सहकार्य हुनसक्यो भने हामी लक्ष्य पुरा गर्न सक्छौँ । 

यहाँ समाजसेवा हुँदै राजनीतिमा आउनुभयो । राजनीतिमा आउनु भन्दा अगाडि र जनप्रतिनिधि भइसके पछाडि कस्तो अनुभव भयो ?
समाजसेवा र राजनीतिमा अलि फरक नै हुँदो रहेछ । त्यसो त राजनीति पनि समाजसेवा नै हो । तर, पछिल्लो समय परिस्थिति बदलिएको छ । राजनीतिलाई समाजसेवाको रुपमा लिइदैंन । जुन क्षेत्रमा भएपनि सिक्न र सिकाउने क्रम निरन्तर चलिरहन्छ । समाजसेवाले समाज बुझ्न सिकायो । मान्छे सद्गुण बुझ्न प्रेरित ग¥यो । राजनीतिले मान्छेको नियत बुझ्न मद्दत ग¥यो । 

यो कार्यकालको बाँकी सय तीन वर्ष छ , तीन वर्षपछि यो वडाको प्रारुप कस्तो हुन्छ ?
यो वडा जनसंख्याको हिसाबले महानगरको २९ वटा वडाहरुमध्ये धेरै जनसंख्या भएको वडा हो । यो वडाको जनसंख्या २२ हजार ८ सय ४१ जनसङ्ख्या रहेको छ। सबैभन्दा ठूलो वडा भएकोले गर्नुपर्ने काम धेरै छ । अबको तीन वर्षपछि यो वडा सफा, हरियालीयुक्त, धुलो, धुँवारहित वडा बन्नेछ । बरोजगार नभएको, सबै शिक्षित भएको वडाको रुपमा यो वडाले आफ्नो परिचय स्थापित गर्नेछ । 

जनप्रतिनिधिको व्यक्तिगत जीवन पनि हुन्छ , समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
जनप्रतिनिधि भएपछि पारिवारिक जीवन, व्यक्तिगत जीवन पनि हुन्छ र ! जस्तो अनुभूति हुन्छ कहिलेकाहिँ । घर परिवारलाई दिने समय, घरपरिवारको समस्यासबैलाई थाँती राखेर जनप्रतिनिधिको जिम्मेवारी कतव्र्यपरायण भएर पुरा गरिरहेको छु । जनतालागि भनेर आएपछि नाइनाँस्ती गर्ने कुरा भएन । म त्यसो गर्दिन । व्यस्त जीवनको अनुभव गर्न पाउनु पनि खुशीको कुरा हो । व्यस्त हुँदा म खुशी हुन्छु ।  

वडाका खानेपानी वाहेकका अन्य क्षेत्रहरुमा यहाँको संलग्नता र अगुवाइ कस्तो रह्याे ?
खानेपानी बाहेक मैले प्राधिकरणको बत्तीको काम, दूरसञ्चारका कामहरू अन्तर्गत यहाँका टोलटोलमा गई यहाँबाट पत्र लिएर सम्बन्धित निकायमा गएर पोलहरु सार्ने, व्यवस्थापन गर्ने, ट्रान्समिटर राख्ने जस्ता काममा मैले सक्रिय भूमिका निर्वाह गरेको छु । त्यस बाहेक मैले यस वडामा सरकारी निकायबाट आइपर्ने मुद्धा मामिला तथा अदालतबाट आएका समस्याहरुमा पनि समन्वय गरेर काम गरेको छु । त्यस्तै, जग्गा नाचजांचको कामपनि जिम्मेवारी वहन गर्ने गरेको छु । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार