मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन : माधव नेपाल

मंगलबार, भदौ ४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ती केही गर्न नसकिने बताएका छन् ।   नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् ।  उनले  भने,  ‘राजनीतिमा निष्ठा र  नैतिकताको विषय  छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो । निष्ठा, नैतिकत छ, एउटा अर्को पनि राखिदिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ–त्यो हो ‘स्वच्छता’ । जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ती समर्पित भएर अघि बढ्न सक्दैनौं । ’ साथै उनले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए । उनले मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे । उनले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ । सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ । मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन । खुला बहसको कुरा गर्नुपर्छ । कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने । मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो ।’
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार