नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

बुधबार, भदौ ५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ बिन्दुमा कायम भएको हो । आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार