सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । तनहुँको घाँसी कुवानजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ । बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । ठूलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।