आफ्ना धेरै उजुरीहरु सरकारले कार्यान्वयन गरेकाे छैन : मानव अधिकार आयोग

बिहीबार, भदौ ६, २०८१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उजुरीहरु सरकारबाट कार्यान्वयन नभएको गुनासो गरेका छन् ।  सिंहदरबारमा बुधबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारको अवस्था सम्बन्धमा भएको छलफलमा उनले उजुरीहरु कसरी बढी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययनका लागि समिति गठन गरेको जानकारी दिए । 

उनले भने, ‘हाम्रो उजुरीहरु धेरै जस्तो सरकारबाट कार्यान्वयन भइराखेको अवस्था छैन । सिफारिसहरु लागु भइसकेको छैन । हामीले चाँही फलोअप गरिराखेका छौं । त्यसकै कारण नै अहिले एउटा समिति गठन भइरहेको छ । त्यो समितिले कसरी अब बढि कार्यन्वयन गर्न सकिन्छ भनेर अध्ययन गर्दैछ ।’ उनले मानव अधिकार संरक्षणसम्बन्धी संविधानले दिएको अधिकार अनुसार नै आयोगले काम गरिरहेको बताए ।  उनले भने, ‘मानव अधिकार संरक्षण सम्बन्धी संविधानले दिएको अधिकार जुन छ त्यही अनुसार नै हामी लागिरहेको छौ । त्यही अनुसार नै काम गरिराखेका छौ ।’ 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार