सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा सरकार  

बिहीबार, भदौ ६, २०८१

काठमाडौं । सरकारले आफूले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा जुटेको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएकी हुन् ।  उनले भनिन्, ‘अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के–के हुन भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याइँदैछ ।’
साथै, उनले गत वर्षको तुलनामा यस वर्ष बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुने र छुट्याईएको बजेट पनि खर्च हुने दाबी गरिन् । 
उनले भनिन्, ‘बजेटको बारेमा मलाई केही थाहा छैन् । मुख्य सचिवले क्याबिनेटको मात्र हेर्ने हो । बाँकी सम्बन्धित मन्त्रालय नै गर्ने हो । पदमा पुगे भन्दैमा जे पाए बोलेर हिँड्न हुँदैन । यहाँ आफ्नो काम केही नभन्ने अर्काको काममा धेरै चासो राख्ने प्रवृत्ति देखियो । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ ।’
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार