साफ यू–२० च्याम्पियनसिप : आज समूह विजेता बन्न नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा  

बिहीबार, भदौ ६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।  समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् ।   समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ ।  समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ ।  उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार