सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गरेकी छिन् । छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भन्दा अघि उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–मलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यता गर्नु भएकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दछु । उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, विदेशमन्त्री डा. एस जयशङ्करज्यू सँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भएको जनाएकी छिन् । उनले भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी छिन् । गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।