त्रिविकोे सम्पति एमाले,कांग्रेसले आधा आधा बाढेर पार्टी अफिस बनाउँदा हुन्छ : सांसद सिंह

बिहीबार, भदौ ६, २०८१

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै  उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् । उनले भने, ‘ दुईवटा राजनीतिक दलले त्रिविको दुरदशा बनाएको हो, म आग्रह गर्न चाहन्छु, दुई दलले त्रिविको सम्पत्ति आधा आधा बाढ्नुहोस् । विद्यार्थी सबैलाई विदेश लखेटेको आरोप लगाउँदै उनले भने, ‘मौका यही हो, दुई दलको सरकार छ , त्रिविको नाममा भएको जग्गा आफ्नो पाटीको नाममा दर्ता गर्नुस् ।’ साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले  भ्रष्टाचारको मुद्दामा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याँउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार