नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

बिहीबार, भदौ ६, २०८१

काठमाडौं । राष्ट्रिय सभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । बिहिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदिय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेका प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार