सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ग्लोबल आईएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले पदभार सम्हालेका छन् । पदभार सम्हाल्नुअघि सीईओ रेग्मीले बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ लिएका थिए । उनीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेको अनुभव छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् । पदभार ग्रहण कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे । पदभार सम्हाल्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए ।